You are viewing the translated version of खर्चको मापदण्ड.

Rule 19
खर्चको मापदण्ड
(१) अर्थ मन्त्रालयले ऐनको दफा १० बमोजिम बजेट विनियोजन गर्दा त्यस्तो बजेट खर्च गर्ने मापदण्ड (नर्म्स) समेत बनाउनु पर्नेछ।
(२) उपनियम (१) को प्रयोजनको लागि प्रत्येक केन्द्रीय निकायले आफूले सम्पादन गर्ने काम कारबाहीको प्रकृति अनुसार अर्थ मन्त्रालयले तर्जुमा गरेको मापदण्डको प्रतिकूल नहुने गरी सो मन्त्रालयको सहमतिमा एकीकृत वा छुट्टाछुट्टै खर्चको मापदण्ड (नर्म्स) बनाउन सक्नेछ ।